प्रकृतिको संरक्षण
जुली यो संशोधन गर्न खोजिराखेकी छिन्
प्रकृतिमा दबाब बढी हुँदा प्राकृतिक क्षेत्र र प्रक्रियाहरूको सुरक्षा र व्यवस्थापन महत्वपूर्ण हुन्छ।पारिस्थिकिय प्रणालीबाट सजिलै हराउन सक्ने प्रजतिहरुका लागि शरण क्षेत्र आवश्यक पर्दछ त्यसैले त्यहाँ उनीहरुको लागि पुनर्स्थापनाको लागि जीवहरु उपलब्ध होस्। ज्यादै गर्मी हुने केहि देशहरुमा प्राचिन क्षेत्रमा रहने जीवहरुको लागि सम्पत्ति पहिले नै धेरै हुन्छ र ति सम्पत्ति कुनै पुनर्स्थापना बिनानै संरक्षित गर्न सकिन्छ। त्यस्ता क्षेत्रहरु बाहेक जीवहरु र तिनका पारिस्थिकिय प्रणालीको सुरक्षा भनेको संरक्षणको निरन्तरता हो जहाँ सुरक्षाका क्षेत्रहरु किनारा लागेका हुन्छन् र एउटा मोशाको जस्तो गरि मानिसले कम प्रयोग गरेका प्राकृतिक निवासका क्षेत्र अथवा गल्लीहरुको माध्यमबाट जोडिएका हुन्छन्। यदि प्राकृतिक आरक्षहरू अत्याधिक प्रयोग गरिएका समुन्द्रमा टापु बन्यो भने तिनले प्रदूषण फैलाउने अथवा पानीमा हानी हुने जोखिम बढाउंछन् र तिनीहरु दुर्लभ प्रजातिहरूको जनसंख्यालाई सुरक्षित राख्न कम सक्षम हुन्छन्। त्यस्ता क्षेत्रहरुको विभाजन गरेर पनि समुदायहरुलाई अन्य स्थानको प्राकृतिक क्षेत्रहरुको भ्रमणका लागि पैसा तिर्नु भन्दा स्थानीय प्रकृतिको संरक्षणमा व्यापक रूपमा संलग्न गराउन सक्षम बनाउंछ। नामिबिया, दक्षिण अफ्रिका र जिम्बाब्वेमा धेरै जमिन र बन्यजन्तुको जनसंख्यालाई सिकार संगसंगै तिनको निगरानी गरेर राष्ट्रिय निकुञ्ज भित्र भन्दा निकुञ्ज बाहिर व्यवस्थापन गरिएको छ। यस्तो बिभाजन विशेषगरी त्यस्ता प्रजतिहरुका लागि उपर्युक्त हुन्छ जुन स्थानीय समुदायहरुले सहन गर्छन् यदि तिनले गरेका नोक्शानीको भर्पाई सिकार गरेर वा अरु प्रयोगबाट उनीहरुले लिन सक्छन्। जसको लागि तिरिन्छ, त्यो रहन्छ ।
प्रकृतिको पुनर्स्थापना र वृद्धि
मनग्रोभ तटको पुनर्स्थापना, फोटो © मार्को कुसदा
विश्वव्यापी जमिनमा १५% सुरक्षा हाँसिल गरेता पनि मानिसहरुको खाना र अन्य सामग्रीहरुको बढ्दो मागका कारण उनीहरुद्वारा प्रयोग गरिएका पारिस्थिकिय प्रणालीको स्तर निरन्तर खस्किरहेको छ र स्थानीय स्तरमा प्रजातिहरू पनि व्यापक रूपमा हराएका छन्। यदि उचित ज्ञानको प्रयोग गरेमा बाटो-घाटो, बांध, बिजुलीको लाइन र हावाद्वारा घुम्ने इन्जिन लगायतका मानव पूर्वाधारहरुको निर्माणले उत्त्पन्न हुने समस्या कम गर्न सकिन्छ। यदि वासस्थानको हानी हुने समस्या छ भने जमिन व्यवस्थापनमा सानो परिवर्तनले पनि कहिले कहीं खेती, वन र बगैचाको काममा वास्तवमै लाभ पुराउन सक्छ भने यस्तो व्यवस्थापनले प्राकृतिक धनहरुमा नाटकीय प्रभाव पार्न सक्छ। नेस्ट बक्सेज (गुंड),'बिटल बैंक '(हानिकारक कीटाणुहरु खाने किराहरुको समूह), बफर स्ट्रिप्स (जमिन, पानी र हावाको गुणलाई कायम राख्ने स्थायी क्षेत्र) र ल्याण्ड-युज डाईभरसीफिकेसन (भूमि-उपयोग विविधीकरण) जस्ता सबै प्रविधीहरु राम्रा उदाहरणहरू हुन्। पारिस्थितिकी विज्ञानको मेलमिलाप र भूमि व्यवस्थापन (सहरहरु सहित) र पूर्वाधारहरुसंग यसको सहज एकीकरणको लागि अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ।
यदि जंगली खाद्य पदार्थको उपभोग पहिलेको दिगो प्रयोगको स्थरबाट अल्ग्गियो भने, विशेषगरी जस्तो बढ्दो सहरी बजारहरुमा मासुको माग, आधुनिक बिज्ञान र परम्परागत ज्ञानमा आधारित भएर समुदायहरुसंग सुरक्षात्मक उपायहरूमा सहमति गर्न आवश्यक छ। सामुदायिक संरक्षणको व्यापक अंगीकरणमा ढिलाई हुनुको कारण भनेको विभिन्न समाजहरु पारिस्थिकिय प्रणालीको व्यवस्थापको लागि विभिन्न समाजहरु पूर्ण रुपले जिम्मेवार हुन नखोज्नु हो र अर्को करण भनेको पारिस्थिकिय प्रणालीमा मानिसहरुको प्रभावको परिपूर्ति व्यवस्थापन र पुनर्स्थापनाको प्रयोग गरेर भन्दा विकासको लागि बिरोध गरेर हुन्छ भन्ने सोच हो। यद्यपि आधिकारिक रणनीतिमा पुनर्स्थापनालाई निकै जोड दिईयता पनि त्यसको कार्यान्वयन भने निकै फितलो छ। त्यसैले पुनर्स्थापनाको सुधारका लागि सरकार र अन्य निकायहरुले स्थानीय समुदाय र जमिन र जंगली प्रजातिहरूको लागि काम गरिराखेको र काम गर्न इच्छुक सबै समुदायहरुसंग सहकार्य गर्न आवश्यक छ। यस्तो रुचि भएका समुदायहरुको भूमिका विशेष हुन सक्छ जस्तै चिल पाल्नेहरुले चिलको सुरक्षा गर्नको लागि पंक्षी-सुरक्षित-बिजुली- लाइनको विकास गर्न सक्छन् भने चराहरुमा रुचि राख्नेहरुले हावाबाट चल्ने मिलको स्थापनालाई सावधानीपूर्वक हेर्न सक्छन्।
शहरी पारिस्थिकिय प्रणाली
बोट-बिरुवामा हुने विविधताले जीव- जन्तुको विविधतालाई पनि प्रोत्साहन गर्छ © जमेस्टोहार्ट/ सटरस्टक
प्राकृतिक धनहरुको संरक्षण र पुनर्निर्माणले केवल ग्रामिण भेगलाई मात्र नभएर सहरी क्षेत्रहरुलाई पनि समेट्नु पर्छ किन भने खाना, ताजा हावा, श्वास फेर्न लायक हावा र स्थिर जलवायुको लागि सबै जना प्रकृतिमै निर्भर हुन्छन्। शहरी चक्रलाई रोक्ने बगैंचा, पार्क, 'ग्रिन लंग्स' र 'एमराल्ड नेकलेस' हरु सबैले लाभ पुराउन सक्छन् किन कि मानिस र अन्य जीवनको लागि सेवाहरुको व्यवस्थापन जता ततै आवश्यक छ।यसको साथ् साथै, सहरी क्षेत्रमा बस्ने मानिसहरु प्राय: ग्रामीण क्षेत्रमा फर्किन्छन्, र उनीहरुले यदि ग्रामीण समुदायहरुमा उपयोगी रूपमा योगदान पुराउने हो भने प्रकृतिलाई बुझ्न जरुरी छ।